के तपाइलाई गाडीमा बान्ता हुने समस्या छ ? यि हुने बान्ता हुनबाट बच्ने उपाय — OSNepal

के तपाइलाई गाडीमा बान्ता हुने समस्या छ ? यि हुने बान्ता हुनबाट बच्ने उपाय

LC (KTM) December 13, 2021 0

काठमाडौ-लामो यात्रा वा छोटो यात्रा गर्दा बान्ता हुने समस्या प्राय मानिसहरुलाई हुने गदर्छ । यो समस्याले धेरै मानिसहरुलाई पिरलिरहेको हुन्छ । अझ बढि त गाडि चड्दा औषधिको सेवन धेरैले गरेका हुन्छन् ।सवारीसाधनमा यात्रा गर्दा वाकवाकी लाग्ने, रिँगटा लाग्ने, असहज महसुस हुनेजस्ता समस्या देखा पर्छन् ।

यसलाई सामान्य तया भन्दा गाडी लाग्नु भनिन्छ । विशेषगरी गाडीमा यात्रा गर्दा शरीरका इन्द्रियहरूले सन्तुलित ढंगले काम गर्न सक्तैनन् । आँखाको दृष्टि झ्याल छेउछाउका वस्तुभन्दा टाढा केन्द्रित गर्नुपर्छ । गाडी चढ्नुअघि मानसिक रूपले तयार हुन आवश्यक हुन्छ । तसर्थ, बान्ता हुनेले सकभर अगाडिको सिट रोज्नु उपयुक्त हुन्छ ।

गाडीमा प्रयोग गरिने पेट्रोलियम पदार्थको गन्धले समेत बान्ता आउँछ । यात्रा गर्नुभन्दा करिब आधा घन्टाअघि बान्ता नआउने औषधि सेवन गर्न सकिन्छ । यो औषधि प्रयोग गर्दा नि धेरैलाई बान्ता आउने समस्या रहेको हुन्छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर