तनहुँमा वर्षातका कारण पहिरोले घर भत्किँदा च्यापिएर एक जनाको मृ त्यु ,चारजना भने भागेर ज्यान जोगाए — OSNepal

तनहुँमा वर्षातका कारण पहिरोले घर भत्किँदा च्यापिएर एक जनाको मृ त्यु ,चारजना भने भागेर ज्यान जोगाए

LC (KTM) May 29, 2021 0

दमौली, १५ जेठ – लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती हुनुहुन्छ । गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते हुनुभएको थियो । त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उहाँको मृ त्यु भएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिनुभयो ।

वृद्धासहित पाँचजनाको परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिनुभयो । चारजना सकुशल रहनुभएको छ । घरको पछाडिपट्टिको भाग पूर्णरुपमा क्षति पुगेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर