पोखरा पर्यटन परिषदले चीनबाट ल्यायो स्वास्थ्य उपकरणसहितका सामग्री — OSNepal

पोखरा पर्यटन परिषदले चीनबाट ल्यायो स्वास्थ्य उपकरणसहितका सामग्री

LC (KTM) May 29, 2021 0

पोखरा- पोखरा पर्यटन परिषदले चीनबाट कोरोना सङ्क्रमित बिरामीका उपचारका लागि आवश्यक पर्ने ‘अक्सिजन कन्सन्ट्रेटेड मेशिन’ सहित अन्य स्वास्थ्य सामग्री ल्याएको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले करिव रु ११ लाख बराबारको छ थान अक्सिजन कन्सन्ट्रेटेड मेशिन, चार वटा अक्सिजन मेशिन , पाँचसय सेट पिपिइ, एकहजार पञ्जा र दशहजार मास्क ल्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिलेको अवस्था निकै जटिल छ , मानव जीवन रक्षार्थ हामीले अत्यावश्यक स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री ल्याएका हौ । ”

परिषद्का महासचिव रामचन्द्र शर्माले नमस्ते कम्युनिटी फाउण्डेशनले दुई अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहयोग गरेको जानकारी दिनुभयो । ती सामग्री आइतबार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको आतिथ्यतामा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, मातृशिशु तथा मितेरी अस्पताल र सरुवा रोग तथा सङक्रमण रोग अस्पताललाई हस्तान्तरण गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर