अब २ लाखलाई रोजगारी दिइने — OSNepal

अब २ लाखलाई रोजगारी दिइने

LC (KTM) May 29, 2021 0

काठमाडौं- सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ। शनिबार अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट अध्यादेशमार्फत १२ अर्ब बजेट विनियोजन गरेको बताएका हुन् ।

भाषणका क्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाखलाई रोजगारी दिन १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन्। चालु वर्षमा ११ अर्ब ६० करोड रुपैयाँ विनियोज गरिएको थियो। सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८र७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो। त्यस्तै बृद्ध भत्ता चार हजार पुर्याउने बताएका छन् ।

यो पनि पढ्नुहोस – अब जेष्ठ नागरिकको भत्ता ४ हजार पाँउने : सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गर्नुभएको हो । हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ ।सरकारले जेष्ठ नागरिकको भत्ता पनि बढाएको छ । भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो। आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेल८ले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए ।

वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।यस्तै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ । सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरूलाई समेत सो योजनामा समेटिने सरकारको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर