बजेटबारे डा. भट्टराईको प्रतिक्रिया : नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो — OSNepal

बजेटबारे डा. भट्टराईको प्रतिक्रिया : नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो

LC (KTM) May 30, 2021 0

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८र०७९ को बजेटलाई ‘सीधासादा जनतालाई ललिपप’बाडेको बताएका छन् र सामाजिक संजालमा ट्विट गर्दै उनले यस्तो बताएका हुन् । उनले यो बजेटलाई ‘नहुने चुनावको एमाले घोषणापत्र’को संज्ञा दिएका छन्।अर्थमन्त्री विष्णु पौडेलले शनिबार घोषणा गरेको बजेटलाई पूर्वअर्थमन्त्रीसमेत रहेका।

भट्टराईले पुरानै नारा र कार्यक्रम बजेटमा राखिएको साथै बजेटमा आफ्नो गृहजिल्ला गोरखाका लागि कुनै कार्यक्रम नराखिएको गुनासो पनि उनले गरेका छन्। उनले लेखेका छन् ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन।

सीधासादा मतदातालाई ललिपप बाँडेको देखियो, ‘पपुलिजममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो। एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर