मुखाले कंगनालाई एक पछि अर्को बिपत : कांग्रेस पार्टीकी नेतृ ममतालाई गाली गलोज गरेपछि ट्विटर बन्द, अब के सुध्रिएलिन कंगना? — OSNepal

मुखाले कंगनालाई एक पछि अर्को बिपत : कांग्रेस पार्टीकी नेतृ ममतालाई गाली गलोज गरेपछि ट्विटर बन्द, अब के सुध्रिएलिन कंगना?

LC (KTM) May 10, 2021 0

मुम्बई । अभिनेत्री कंगना रनौटले पश्चिम बंगालकी त्रिणमुल कांग्रेस पार्टीकी नेतृ ममता बनर्जीलाई ‘दानव महिला’ को संज्ञा दिएपछि उनको ट्वीट अकाउन्ट बन्द गरिएको छ । हालै पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनमा बनर्जीको पार्टीले भाजपालाई पराजित गरेपछि कंगनाको ट्वीट हिंसा भड्काउने किसिमको भएको भन्दै अकाउन्ट बन्द गरिएको हो ।

उक्त ट्वीटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने महान व्यक्ति भनेकी छन् । उनले मोदीले विराट रुप देखाएर बनर्जीलाई तह लगाउनुपर्ने जिकिरसमेत गरेकी छन् । अभिनेत्री कंगनाले ट्वीटर बन्द भएपछि प्रतिक्रिया रुवरुप लेखेकी छन्, ‘ट्वीटरले केवल मेरो विचार प्रमाणित गरेको छ कि उनीहरु अमेरिकीहरू हुन् र गोरा व्यक्तिले खैरो छाला भएका मानिसलाई दास सम्झन्छन् ।’

उनले अमेरिकी तथा गोराले भारतीयको विचार नियन्त्रण गर्न खोजेको भन्दै ‘भाग्यवश मसँग धेरै माध्यम छन् मेरो कला सिनेमामार्फत् म आवाज उठाउन सक्छु,’ लेखेकी छन् । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि उनको समर्थनमा उत्रिएर चर्चामा कमाएकी कंगना बेलाबेलामा सार्वजनिक सरोकारका विषयमा अग्रपंक्तिमा रहेर प्रतिक्रिया जनाउँदै आएकी छन् ।सौर्य दैनिकमा खबर छ । पछिल्लो समय सामाजिक सञ्जालमा भड्किलो अभिव्यक्ति दिएर उनी विवादमा समेत पर्दै आएकी छन् । केही समय अघि उनले अमेरिकी गायिका रिहानालाई वेश्याको र बलिउड अभिनेता सञ्जय दत्तलाई गँजेडीको संज्ञा दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर