चलचित्र प्राविधिकलाई सदाबहार नायिका करिश्माले बाडिन् राहात — OSNepal

चलचित्र प्राविधिकलाई सदाबहार नायिका करिश्माले बाडिन् राहात

LC (KTM) May 30, 2021 0

काठमाडौं-सदाबहार अभिनेत्री करिश्मा मानन्धरले चलचित्र प्राविधिकलाई राहत बाडेकी छन् ।कोरोनाले कामविहीन भएर बसेका चलचित्र प्राविधिकलाई नले आफ्नै उपस्थितिमा राहत वितरण गरेकी हुन् । उनले ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी हुन् । उनले राहतमा चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास भर्नका लागि जनही १५ सय नगद समेत दिएकी छन् ।

नेपाल चलचित्र प्राविधिक संघको समन्वयमा उनले प्राविधिकका लागि राहत दिएकी हुन् । करिश्माले ‘यो महामारीको समयमा हामी सबैले हातेमालो गर्नु जरुरी रहेको बताएकी छन् । अगाडी भनेकी छन् प्राविधिकहरू हाम्रा आफ्नै घरका सदस्यहरु हुन् । त्यसैले जति सकिन्छ । त्यो सहयोग गरौँ ।’प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले महामारीको समयमा प्राविधिकहरू सबैभन्दा बढी मार्कामा परेको भन्दै सहयोगका लागि अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर