काठमाडौँ १६ जेठ । नेकपा एमालेले १२ जना नेतालाई पुन पार्टीबाट बहिष्कार गर्ने भएको छ । आज आइतबार बस्ने एमालेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधव नेपाल समुहका १२ नेतालाई पार्टीबाट निष्काशन गर्ने भएको हो ।
विपक्षीदललाई समर्थन गरेको भन्दै प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी ओलीले बाँकी नेतालाई पनि कारवाही गर्न आज स्थायी कमिटिको बैठक बोलाइएको हो । पार्टीबाट निष्काशन गर्ने नेताहरुमा:
१. घनश्याम भुसाल
२. सुरेन्द्र पाण्डे
३. भवानी खापुङ
४. यज्ञराज सुनुवार
५. विरोध खतिवडा
६. जीवनराम श्रेष्ठ
७.कृष्णलाल महर्जन
८. सोमप्रसाद पाण्डे
९. मेटमणि चौधरी
१०. झपट रावल
११. दिपकप्रकाश भट्ट
१२. नारायण खतिवडा