कोदोको कथा, हेर्नुहोस् फोटोफिचर — OSNepal

कोदोको कथा, हेर्नुहोस् फोटोफिचर

LC (KTM) December 22, 2021 0

कृषिमा ब्यवसायीकता बढेसंगै परम्परागत रुपमा गरिने काेदाेकाे खेती अहिले आक्कल झुक्कल मात्रै देख्न पाइन्छ । नेपालमा आयात हुने काेदाेकाे खेती इलामको चुरे क्षेत्रमा पर्ने माई नगरपालिकाका किसानले भने छाडेका छैनन् ।


तनहुँमा धान उत्पादन घट्यो : तनहुँमा यस वर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार जिल्लामा गत वर्षको तुलनामा १६.४५ प्रतिशत धान उत्पादन घटेको हो । यो वर्ष ४१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रकी कृषि अर्थ विज्ञ प्रकृति न्यौपानेले जानकारी दिइन् । १० हजार ८९८ हेक्टर क्षेत्रफलमा धानवाली लगाईएको थियो । १२५ हेक्टरमा लगाइएको धानखेतीमा बाढी पहिरो र वर्षाले क्षति पुर्‍याएको थियो ।

गत वर्ष जिल्लामा १२ हजार ६८० हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा ५० हजार २३ मेट्रिक टन धान उत्पादन भएको न्यौपानेले जानकारी दिइन् । एक हजार ७८२ हेक्टर क्षेत्रफल घट्दा उत्पादन आठ हजार ५६ मेट्रिक टन कम भएको छ ।

बाढी पहिरोसँगै धान लगाउने क्षेत्रफल कम भएकाले वर्षेनी धान उत्पादन घटिरहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘यसपाली धान रोप्नेवित्तिकै आएको बाढी र पाकेर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षाको कारण उत्पादन घटेको हो । अर्कोतर्फ वर्षेनी धान लगाउने क्षेत्रफल घट्दा उत्पादन स्वत: कम हुदैँछ’, उनले भने । तिवारीका अनुसार गाउँका टारी खेत जनशक्ति अभावमा बाझिएका छन् ।

राजमार्ग छेउछाउ र बजार क्षेत्रमा रहेका उर्वर जमिन प्लटिङ भएर घडेरीमा रुपान्तरण हुदाँ लहलह धान झुल्नुको सट्टा बडेमानका कंक्रिटका घर ठडिएको तिवारीले बताए । ‘बजार क्षेत्रको खेतमा धान फलाउएर भन्दा घडेरीमा विक्री गर्दा राम्रो मुल्य पर्ने भएकाले धमाधम प्लटिङ भइरहेका छन्’, उनले भने । सरकारले भूमि सम्बन्धी नीति बनाएर खेतीयोग्य भूमिमा घरटहरा बनाउन नपाइने प्रावधान लागू नगरेसम्म वर्षेनी धान उत्पादन घट्ने र परनिर्भरता बढ्ने उनको भनाइ छ ।

चैते धान उत्पादन भने यो वर्ष बढेको छ । कार्यालयका अनुसार यो वर्ष छ हजार ८४५ हेक्टर क्षेत्रफलमा चैते धान लगाईएको थियो । १६ हजार ८९८ मेट्रिक टन उत्पादन भएको छ । गतवर्ष चार हजार ३२५ हेक्टर क्षेत्रफलमा लगाईएको चैते धान ११ हजार ३१ मेट्रिक टन उत्पादन भएको थियो ।

जिल्लाको ढोरफिर्दी, मान्द्रेफाँट, साँखे, शेराफाँट, बाह्रबिसे, तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका फाँट धान उत्पादनका लागि उर्वर क्षेत्र हुन् । जिल्लाका किसानले सावित्री, मंसुली, मकवानपुरे, रामधाान सुख्खा १, सुख्खा २ लगायतका उन्नत जातका धान लगाउने गर्दछन् ।

टाइसिन, बासमती लगायतका केही रैथाने जातका धान पनि जिल्लाका किसानले छिटफुट रुपमा लगाउने गर्दछन् । तर रैथाने जातका धान किसानले निकै कम लगाउने कृषि अर्थ विज्ञ न्यौपानेले बताइन् । ‘घरमा उपभोग गर्नलाई मात्रै रैथाने जातका धान लगाएको पाइन्छ’, न्यौपानेले अगाडी थप्दै भनिन्, ‘कम उत्पादन हुने हुदाँ किसानको आकर्षण उन्नत जातमा बढेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर