नेपालको स्वाधीनतामा आघात पार्ने एमसीसीको लागि बजेट छुट्याउनु ओली सरकारको राष्ट्रघाती चिन्तन : भीम रावल — OSNepal

नेपालको स्वाधीनतामा आघात पार्ने एमसीसीको लागि बजेट छुट्याउनु ओली सरकारको राष्ट्रघाती चिन्तन : भीम रावल

LC (KTM) May 30, 2021 0

काठमाडौँ १६ जेठ । नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन भएको बताएका हुन् । हिजो अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ /७९ को बजेट सार्वजनिक गरेपछि आज नेता रावलले ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने एमसीसीको लागि बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम भएको नेता रावलको तर्क रहेको छ । यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गर्न आवश्यक रहेको पनि नेता रावलले ट्वीटर मार्फत भनेका छन् ।

नेता रावल लेख्छन् , नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो ।यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर