साञ्जेन जलविद्युत कम्पनीले डाक्यो पुस १३ गते साधारण सभा, सेयरधनीले लाभांश नपाउने — OSNepal

साञ्जेन जलविद्युत कम्पनीले डाक्यो पुस १३ गते साधारण सभा, सेयरधनीले लाभांश नपाउने

LC (KTM) December 26, 2021 0

काठमाडौं। साञ्जेन जलविद्युत कम्पनीको वार्षिक साधारण सभा पुस १३ गते हुने भएको छ । सभा स्मार्ट क्याफे, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ ।सभामा लाभांश प्रस्तावको कुनै एजेण्डा नै छैन । यसअनुसार सेयरधीको हात खाली हुनेछ ।सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदनको प्रस्तुत गर्ने र सो उपर छलफल गरी पारित गर्ने गर्ने भएकोछ

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७८।७९ को हिसाब किताव लेखापरिक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ ।सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गतेदेखि बुक क्लोज गर्ने भएको छ । पुस ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागी हुन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर