बागमती प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित — OSNepal

बागमती प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

LC (KTM) May 30, 2021 0

मकवानपुर १६ जेठ । आज बसेको बागमती प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । प्रदेशसभाको आज बसेको ८ औं अधिवेशन बैठकले दोलखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेशसभाका सदस्य पशुपति चौलागाईंकोनिधन प्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो ।

अब अर्को बैठक जेठ १७ गते भोली सोमबार बिहान ११ बजे बस्ने सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् । बैठकमा नेता चौलागाई प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति गहिरो समवेदना प्रकट गरको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर