२ सय करोड ठगी मामलामा मुछिएकी अभिनेत्री ज्याकलिनलाई भारतभन्दा बाहिर जान रोक लगाइयो — OSNepal

२ सय करोड ठगी मामलामा मुछिएकी अभिनेत्री ज्याकलिनलाई भारतभन्दा बाहिर जान रोक लगाइयो

LC (KTM) December 26, 2021 0

पछिल्लो समय बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज तनावमा रहेकी छिन् । ज्याकलिन पछिल्लो समय तनावमा रहनुको कारण ठगीको केस रहेको छ । ज्याकलिनको नाम महाठग सुकेश चन्द्रशेखरको २ सय करोड ठगी मामलामा मुछिए पछि उनी समस्यामा परेकी हुन् । ज्याकलिन फर्नान्डिज यहि केसमा अनुषन्धानको घेरा भित्र रहेकै कारण यसपाली क्रिसमसमा आफ्नो घर समेत जान पाइनन् ।

ठगी केसको अनुषन्धान गरिरहेको इडीले उनलाई भारतभन्दा बाहिर जानका लागि अनुमति दिएको छैन । यसअघि दबंग टुरका लागि दुबइ जान ठिक परेकी उनलाई एयरपोर्ट बाटै फर्काएको थियो । ईडीले ठगीमा नाम जोडिए संगै उनलाई पटक पटक सोधपुछ गरिसकेको छ । सुकेशबाट ज्यालिनले एकदमै महंगो सामानहरु गिफ्टको रुपमा पाएकी थिईन् ।

उक्त सबै उपहारलाई ईडीले जफत गर्ने तयारी गरिरहेको छ । ईडीले ठगी मामलामा अनुसन्धान चलिरहेको र अभिनेत्रीले क्लिन चिट नपाएका कारण भारत बाहिर जानलाई रोक लगाइएको जनाएको छ । सुकेश संग ज्याकलिन मात्र नभएर बलिउडका चलेका अभिनेत्रीहरु नोरा फतेही, श्रद्धा कपुर, शिल्पा शेट्टी र हरमन बावेजा जस्ता बलिउड स्टारको नाम मुछिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर