रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती बिस्फोट , ६ जनाको मृत्यु — OSNepal

रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती बिस्फोट , ६ जनाको मृत्यु

LC (KTM) December 26, 2021 0

गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती बिस्फोट भएको थियो । बिस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती बिस्फोट गराएका थिए ।

इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरुले सो बिस्फोट गराएको अधिकारीहरुले बताएका छन् ।अहिलेसम्म कुनै पनि समूहले बिस्फोटको जिम्मा लिएका छैन । बम बिस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए । बिस्फोटको समयमा महिला र बालबालिका थिए ।बेनीमा सेना र मुस्लिम लडाकुका कार्यकर्ताबीच बारम्बार झडप हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर