अभिनेता सलमान खानले गरे आलियासँग यस्तो बाँचा — OSNepal

अभिनेता सलमान खानले गरे आलियासँग यस्तो बाँचा

LC (KTM) December 26, 2021 0

बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’का स्टारहरु यतिबेला चलचित्रको प्रमोशनमा एकदमै व्यस्त रहेका छन् । फिल्मको स्टारकास्टहरुलाई आगामी एपिसोडमा बिग बोसको सेटमा देखिनेछ । शोका होस्ट सलमान खानसँग निर्देशक एसएस राजामौली, रामचरण, जूनियर एनटीआर, आलिया भट्ट देखिनेछन्। सेटमा धेरै रमाइलो र मस्ति भएको देख्न पाइनेछ ।

आरआरआरको स्टारकास्ट सँगै सलमान खानले फिल्मको नाचो नाचो गीतमा डान्स समेत गरेका छन् । प्रोमो भिडियोमा सलमान खान रामचरण र जुनियर एनटीआरसँग मिल्दोजुल्दो डान्स स्टेप्स गर्दै गरेको देखिएका छन् । यस क्रममा सलमान खान पनि निकै नर्भस भएको प्रष्ट देख्न सकिन्छ । सलमान खानले दुवै कलाकारबाट नाचो नाचोको हुकस्टेप सिकेका छन् ।

हुकस्टेप पछि सलमान आलियालाई भन्छन्  -एक दिन जब म ठूलो हुनेछु, आलिया, म तिमीलाई वाचा गर्छु कि म उनीहरु जस्तै नाच्नेछु। सलमानको कुरा सकिन नपाउँदै जुनियर एनटीआर भन्छन्- एक दिन होइन, सर, आज मात्र । सलमान खानले आलियालाई तेलुगुमा संवाद बोल्न आग्रह गरेका छन् । प्रोमो भिडियो एकदमै रमाइलो छ, यो हेरेर एपिसोड कति धमकेदार रहेको छ भन्ने अनुमान गर्न सकिन्छ । निर्देशक राजामौलीले सलमान खानलाई यस क्षणमा म तिमीलाई निर्देशन गर्न चाहन्छु भनी बताउँछन्। निर्देशकको यो अफर सुनेर सलमान खान खुसी हुन्छन् र तुरुन्तै प्रस्ताव स्विकार गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर