माओवादी केन्द्रको महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल जाने — OSNepal

माओवादी केन्द्रको महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल जाने

LC (KTM) December 26, 2021 0

काठमाडौं, ११ पुस- नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन आइतबार दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ । माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गरेको हो ।

महाधिवेशनलाई शुभकामना दिन माओवादी केन्द्रले विभिन्न दलका अध्यक्षलाई निम्ता दिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन नै गरेर एमाले अध्यक्ष केपी ओलीलाई महाधिवेशनमा निम्तो दिएका थिए । तर, पहिले नै निर्धारित पार्टीको कार्यक्रमले झापामा रहेकाले ओलीले आफू आउन नसक्ने महासचिव शंकर पोखरेललाई पठाउने जानकारी दिएका थिए ।

माओवादी केन्द्रको महाधिवेशनमा एमालेबाट महासचिव पोखरेल अतिथिका रूपमा जाने भएका छन् । एमालेको दशौं महाधिवेशनमा माओवादी केन्द्रबाट लीलामणि पोखरेल गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर