निम्तो गर्न फोन गरेका प्रचण्डलाई ओलीले दिए यस्तो ठाडो जवाफ — OSNepal

निम्तो गर्न फोन गरेका प्रचण्डलाई ओलीले दिए यस्तो ठाडो जवाफ

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा अहिले केही बेरमा नै सुरु हुने भएको छ । महाधिवेशनमा सहभागी हुन भन्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपीओलाई फोन गरेका थिए ।

तर ओलीले पनि प्रचण्डको बाटो हुँदै म आउँन भ्याउँदिन शंर पोखरेल आउनसुहन्छ भन्दै प्रचण्डलाई फोनमा भनेका छन् ।

यस अघि एमालेको महाधिवेशनमा पनि प्रचण्डले आफु आउने नभ्याउने भन्दै आफ्नो ठाउँमा लीलामणि पोखरेललाई पठाएका थिए ।

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उदघाटन अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा भव्यताका साथ सुरु हुने भएको छ । महाधिवेशनमा एमाले सहित ११ दललाई निम्तो दिइएको छ ।

विदेशी पाहुनालाई भने कोभिडको नयाँ भेरियन्टका कारण देखाउँदै निम्तो गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर