प्रियंका चोपडा र मलाइका अरोडाले एउटै गीतमा डान्स गरे बापत लिन्छन लाखौ रुपैया पारिश्रमिक — OSNepal

प्रियंका चोपडा र मलाइका अरोडाले एउटै गीतमा डान्स गरे बापत लिन्छन लाखौ रुपैया पारिश्रमिक

LC (KTM) December 26, 2021 0

मुम्बई । भारतमा आफ्नो मनपर्ने कलाकारलाई फ्यानहरू भगवानको रूपमा पूजा गर्छन् । यी कलाकारसँग एक सेल्फी लिनु या उनीहरूसँग नाच्नु हरेकको सपना हुन्छ । पछिल्लो समय बलिउडका नाम चलेका कलाकार विभिन्न पार्टी र बिहेमा डान्स गर्न जाने क्रम बढ्दो छ । यहाँ निजी कार्यक्रममा नाच्न महँगो पारिश्रमिक लिने कलाकारहरूको बारेमा चर्चा गरिएको छ ।

अभिनेत्री विपाशा बसुले राधिका सिंघलसँग प्रदीप धुतका छोरा (भिडियोकन कम्पनीका मालिक) सौरभ धुतको विवाहमा महँगो पारिश्रमिक लिएर नृत्य गरेकी थिइन् । विवाहमा कैटरीना कैफ र मलाइका अरोडाले पनि प्रस्तुति दिएका थिए । विपाशा केही मिनेट नाच्नका लागि २५ देखि ३५ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् ।

अभिनेता ऋतिक रोशनले केही समयअघि उदयपुरमा एक निजी विवाह कार्यक्रममा आफ्नो नृत्य गरेका थिए । उनले लखनउका व्यापारी गौरव शर्माको स्वागतमा प्रियंका चोपडा र आलिया भट्ट जस्ता कलाकारका साथ नाचेका थिए । ऋतिक पनि नृत्य देखाउनकै लागि मोटो रकम असुल्छन् ।अभिनेता शाहरूख खानले लन्डनमा अग्रवाल परिवारको एक निजी विवाहमा आफ्नो प्रस्तुति दिएका थिए । यो विवाहमा नाच्नका लागि मनग्गे पारिश्रमिक लिएका थिए । उनले दुबईमा भएको एक वैवाहिक कार्यक्रममा नृत्यकै लागि करिब आठ करोड रुपैयाँ पारिश्रमिक बुझेका थिए ।

अभिनेत्री कैटरिना कैफले अभिनेता शाहरूख खानका साथ लन्डनमा भएको अग्रवाल परिवारको हाईप्रोफाइलको विवाहमा प्रस्तुति दिएकी थिइन् । कैफले पञ्जाबका पीडब्ल्यूडी मन्त्रीको सालोको विवाहमा नृत्य गरेकी थिइन् । उनी विवाहका कार्यक्रममा केही मिनेट नाच्नका लागि करिब ९० लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् ।

बलिउडमा आफ्नो नृत्यका लागि लोकप्रिय अभिनेत्री मलाइका अरोडा निजी समारोहमा नृत्य प्रस्तुत गर्न २५ देखि ३५ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् । उनले पञ्जाबका पीडब्ल्यूडी मन्त्री देवरजीको विवाहका लागि चण्डीगढमा ‘मुन्नी बदनाम हुई’ र ‘छैया छैया’ बोलको गीतमा नाचेकी थिइन् ।विवाहमा हटनेस र ग्ल्यामर रुचाउन चाहनेले मल्लिका शेरावतलाई नाच्नका लागि बोलाउने गर्दछन् । उनले जीवीके समूह जीवी कृष्णा रेड्डीको नातिनीको विवाहमा निकै महँगो पारिश्रमिकमा नृत्य गरेकी थिइन् ।

बलिउडकी देशी गर्ल प्रियंका चोपडाले कैयौं निजी विवाह समारोहमा धमाल मच्चाएकी छन् । सन् २०१४ मा उनले व्यापारी गौरव शर्माको रिसेप्सनमा प्रस्तुति दिएकी थिइन् । उनले केही मिनेटको नृत्यका लागि ५० लाख पारिश्रमिक लिएकी थिइन् ।

हैदराबादमा भएको हाई प्रोफाइलको विवाहमा अभिनेता रणवीर सिंहले नाचेका थिए । यो विवाहमा शिल्पा शेठ्ठीजस्ता बलिउडका कैयौं कलाकार देखिएका थिए । रणवीर पनि निजी विवाहमा नाच्नका लागि करोडौं पारिश्रमिक बुझ्छन् ।

फिल्म ‘दबंग’ अभिनेता सलमान खानलाई वैवाहिक कार्यक्रममा नाच्नका लागि अफर गर्नु चानचुने कुरा होइन । नयाँदिल्लीको एक निजी विवाहमा नाच्न सलमानले साढे तीन करोड पारिश्रमिक लिएका थिए ।अभिनेता अक्षय कुमार पनि महँगो पारिश्रमिक लिएर नृत्य गर्ने कलाकार पर्छन् । उनी एउटा विवाहमा नाचेको करिब अढाई करोड पारिश्रमिक लिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर