चीनद्वारा नयाँ अप्टिकल उपग्रह प्रक्षेपण — OSNepal

चीनद्वारा नयाँ अप्टिकल उपग्रह प्रक्षेपण

LC (KTM) December 26, 2021 0

बेइजिङ [चीन], ११ पुस, -चीनले पृथ्वीको सतहको रिमोट सेन्सिङको लागि नयाँ अप्टिकल उपग्रह, जियान-१ ०२ इ सफलतापूर्वक प्रक्षेपण गरेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (CNSA) ले आइतबार जनाएको छ।स्थानीय समय अनुसार बिहान ११:११ बजे (०३:११ जि एम टी) देशको उत्तरपश्चिमी प्रान्त शान्सीको ताइयुआन स्याटेलाइट लन्च सेन्टरबाट लङ मार्च-४सी (चाङ्झेङ ४ पनि भनिन्छ) प्रक्षेपण वाहन प्रयोग गरी प्रक्षेपण गरिएको स्पुतनिकले जनाएको छ। पृथ्वीको सतहको फोटो खिच्नुका साथै जियान-१ ०२ इ ले स्थलीय प्राकृतिक स्रोतहरूको अध्ययन र व्यवस्थित गर्ने अन्तरिक्ष एजेन्सीले उल्लेख गरेको छ ।

जियान-१ ०२इ को अतिरिक्त एउटा सानो वैज्ञानिक उपग्रह जुन चीन-अफ्रिका अन्तरिक्ष अन्वेषण परियोजनाको उपनाम जिवाङ (होप) को भाग हो । उच्च विद्यालयका विद्यार्थीहरूको लागि अनुसन्धान प्लेटफर्मको रूपमा प्रयोग गर्न सो उपग्रह कक्षमा पठाइएको हो।(रासस-एएनआई):

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर