जन्म दिन मनाउन फार्म हाउस पुगेका थिए सलमान , हातमा केहीले टोके पछि हेर्दा सर्प देखे, अनि डरले चिच्याएर गुहार मागे — OSNepal

जन्म दिन मनाउन फार्म हाउस पुगेका थिए सलमान , हातमा केहीले टोके पछि हेर्दा सर्प देखे, अनि डरले चिच्याएर गुहार मागे

LC (KTM) December 26, 2021 0

बलिउड सुपर स्टार सलमान खान लाखौ दर्शक तथा फ्यानको मन मुटुमा बस्ने गरेका छन् । सबैको प्यारो बनेका सलमान खानलाई सर्पले टोकेको खबर बाहिर आएको छ । जब यो खबर बाहिरीयो फ्यानहरुको सास नै रोकियो । सलमानका हरेक फ्यानले उनको लागि हात उठाएर प्रार्थना गर्न थाले ।

सर्पले टोकेपछि सबैजना आफ्नो मनपर्ने सुपरस्टार ठीक होस् भनेर प्रार्थना गरिरहेका थिए। सलमानका फ्यानहरु अभिनेताको स्वास्थ्यलाई लिएर निकै चिन्तित छन् । फ्यानहरू जान्न चाहन्छन्, सर्पले टोकेपछि सलमान खानको स्वास्थ्य अब कस्तो छ भनेर । यदि तपाई पनि सलमानको स्वास्थ्यलाई लिएर चिन्तित हुनुहुन्छ भने तपाईलाई हामी यसका बारेमा जानकारी दिदै छौ ।

सलमानको स्वास्थ्य अहिले ठीक रहेको बताइएको छ ।२५ डिसेम्बरको राति सलमानलाई सर्पले टोकेपछि उनलाई तत्कालै अस्पताल भर्ना गरिएको थियो । राति करिब ३ बजे सलमानको उपचारका लागि नवी मुम्बईको एम.जी.एम. अस्पतालमा भर्ना गरिएको थियो । यो पूरै दुर्घटनामा राहतको कुरा यो थियो कि सलमानलाई टोकेको सर्प खासै विषालु थिएन । तर दबंग खान करिब ६ देखि ७ घण्टा अस्पतालमा बसेपछि डिस्चार्ज भएका थिए । त्यहाँ उनको स्वास्थ्य अवस्था लगातार हेरिएको थियो।

यसरी टोकेको थियो सर्पले सलमानलाई
२५ डिसेम्बरमा क्रिसमस र २७ डिसेम्बरमा सलमानको जन्मदिन थियो । कोरोनाको बढ्दो खतराका कारण यस पटक सलमानले आफ्नो जन्मदिन आफ्ना नजिकका साथीभाइ र परिवारसँग पनवेल फार्म हाउसमा मनाउने निर्णय गरेका थिए । बर्थडे सेलिब्रेशनका लागि मात्रै सलमान फार्म हाउस पुगेका थिए । पनवेल फार्म हाउसमा साथीहरूसँगको कुराकानीको क्रममा उनले आफ्नो हातमा केहीले टोकेको महसुस गरे।

यसपछि उनले यता उता आँखा डुलाएर हेर्दा सर्प देखे । सर्प देखेर सलमान खान डराए र तुरुन्तै सहयोगको लागि कराउन थाले । त्यसपछि ढिलो नगरी उनलाई अस्पताल पु¥याइएको थियो। उनलाई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनलाई केही घण्टापछि डिस्चार्ज गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर