इंग्लिस प्रिमियर लिगमा नर्विच सिटी माथि आर्सनल हाबी , सिटीको पोष्टमा ५ गोल — OSNepal

इंग्लिस प्रिमियर लिगमा नर्विच सिटी माथि आर्सनल हाबी , सिटीको पोष्टमा ५ गोल

LC (KTM) December 26, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले नर्विच सिटी माथि फराकिलो जित निकालेको छ । आज राति सम्पन्न खेलमा आर्सनलले नर्विच सिटीलाई शुन्यका बिरुद्ध ५ गोल अन्तरले पराजित गरेको हो । नर्विचको मैदानमा बुकायो साकाले छैटौं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४४ औं मिनेटमा किरन टीएर्ने, ६७ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल , ८४ औं मिनेटमा एलेक्सजेण्डर लाकाजेटी र खेलको इन्जुरी समयमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई ५-० को फराकिलो जित निकाल्न सहयोग गरे । आज यो जितसँगै आर्सनलले १९ खेलमा ३५ अंक जोडेको छ । आर्सनल चौंथो स्थानमा रहेको छ ।
नर्विच १० अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर