इंग्लिस प्रिमियर लिगमा टोटेनहम द्धारा क्रिस्टल प्यालेस पराजित — OSNepal

इंग्लिस प्रिमियर लिगमा टोटेनहम द्धारा क्रिस्टल प्यालेस पराजित

LC (KTM) December 26, 2021 0

टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलको आज राती सम्पन्न खेलमा बिजयी भएको छ । टोटेनहमले क्रिस्टल प्यालेसलाई ३ ० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो । घरेलु मैदानको फाईदा उठाउँदै टोटनहमका लागि ह्यारी केनले ३२ औं मिनेटमा गोल गरेका थिए । खेलको ३४ औं मिनेटमा लुकास मौराले टिमका लागि दोस्रो गोल गर्दै टोटेनहमलाई २-० को अग्रता दिलाए ।

खेलको ३७ औं मिनेटमा विलफ्रेड जाहाले रातो कार्ड पाएपछि क्रिस्टल १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको ७४ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ३-० को जित दिलाए ।जितसँगै टोटेनहमले १६ खेलमा २९ अंक जोडेको छ ।टोटेनहम पाँचौं स्थानमा उक्लिएको छ । क्रिस्टल २० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर