लक्ष्मीनारायण दुर्गा मन्दिर परिसरभित्रबाट कटुवा बन्दुकसहित सनवर पक्राउ — OSNepal

लक्ष्मीनारायण दुर्गा मन्दिर परिसरभित्रबाट कटुवा बन्दुकसहित सनवर पक्राउ

LC (KTM) December 27, 2021 0

वीरगञ्ज, १२ पुस-बारा प्रहरीले अवैध नलकटुवा बन्दुकसहित एक जनालाई परवानीपुरबाट आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले बाराको परवानीपुर गाउँपालिका–४ चैनपुर का २४ वर्षीय सनवर देवानलाई पक्राउ गरेको हो । उनलाई चैनपुरस्थित लक्ष्मीनारायण दुर्गा मन्दिर परिसरभित्रबाट अवैध कटुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भूपि पुरस्कार प्रदान-धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपि पुरस्कार’ मुस्ताङको कोवाङस्थित ‘भूपि स्मृति थाक पुस्तकालय’लाई प्रदान गरेको छ । सतासीऔँ भूपि जयन्तीका अवसरमा यहाँ आयोजित पुरस्कार समारोहमा गलकोट बहुमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद गौतम र प्रतिष्ठानका अध्यक्ष काजी रोशलने पुस्तकालयका प्रतिनिधि दया शेरचनलाई संयुक्त रुपमा नगद र प्रमाणपत्र प्रदान गर्नुभयो । सो पुरस्कारको राशि रु २५ हजार रहेको छ । भूपिको स्मृतिमा स्थापना भई भाषा, साहित्यको उत्थान र सम्वद्र्धनमा टेवा पु¥याएबापत पुस्तकालयलाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ ।

त्यस अवसरमा बोल्दै क्याम्पस प्रमुख गौतमले कवि भूपि शेरचनलाई नेपाली साहित्यका विशिष्ट प्रतिभाका रुपमा स्मरण गर्नुभयो । धवलागिरि क्षेत्रमा जन्मेर नेपाली साहित्यको श्रीवृद्धिमा भूपि शेरचनले पु¥याएको योगदान अतुलनीय रहेको उहाँको भनाइ थियो ।

पुरस्कार ग्रहणपछि बोल्दै शेरचनले पुस्तकालयको संस्थागत विकासमा पुरस्कारको रकम खर्च गरिने बताउनुभयो । विसं २०५७ मा स्थापना भएको सो पुस्तकालयले भूपिको सालिक निर्माणदेखि भूपिजयन्ती समारोह, काव्य गोष्ठीलगायत साहित्यिक गतिविधि गर्दै आएको छ । प्रतिष्ठानले साहित्यिक÷सांस्कृतिक संस्था र स्रष्टालाई आलोपालो गरी बर्सेनि भूपि पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि विसं २०७६ मा संस्थागततर्फको पुरस्कार थकाली समाज बुटवलले पाएको थियो ।
स्रष्टातर्फको पुरस्कार गतवर्ष स्याङ्जामा जन्मनुभएका लेखक एवं समालोचक सुकुम शर्मा र विसं २०७५ मा साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका तत्कालीन शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीलाई प्रदान गरिएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर