अक्षय कुमारको यस्तो आश्चर्यजनक पारिश्रमिक ! — OSNepal

अक्षय कुमारको यस्तो आश्चर्यजनक पारिश्रमिक !

LC (KTM) December 27, 2021 0

मुम्बई । भारतमा आफ्नो मनपर्ने कलाकारलाई फ्यानहरू भगवानको रूपमा पूजा गर्छन् । यी कलाकारसँग एक सेल्फी लिनु या उनीहरूसँग नाच्नु हरेकको सपना हुन्छ । पछिल्लो समय बलिउडका नाम चलेका कलाकार विभिन्न पार्टी र बिहेमा डान्स गर्न जाने क्रम बढ्दो छ । यहाँ निजी कार्यक्रममा नाच्न महँगो पारिश्रमिक लिने कलाकारहरूको ’दयगतमा चर्चा गरिएको छ ।

अभिनेत्री विपाशा बसुले राधिका सिंघलसँग प्रदीप धुतका छोरा ९भिडियोकन कम्पनीका मालिक० सौरभ धुतको विवाहमा महँगो पारिश्रमिक लिएर नृत्य गरेकी थिइन् । विवाहमा कैटरीना कैफ र मलाइका अरोडाले पनि प्रस्तुति दिएका थिए । विपाशा केही मिनेट नाच्नका लागि २५ देखि ३५ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् ।अभिनेता ऋतिक रोशनले केही समयअघि उदयपुरमा एक निजी विवाह कार्यक्रममा आफ्नो नृत्य गरेका थिए । उनले लखनउका व्यापारी गौरव शर्माको स्वागतमा प्रियंका चोपडा र आलिया भट्ट जस्ता कलाकारका साथ नाचेका थिए । ऋतिक पनि नृत्य देखाउनकै लागि मोटो रकम असुल्छन् ।

अभिनेता शाहरूख खानले लन्डनमा अग्रवाल परिवारको एक निजी विवाहमा आफ्नो प्रस्तुति दिएका थिए । यो विवाहमा नाच्नका लागि मनग्गे पारिश्रमिक लिएका थिए । उनले दुबईमा भएको एक वैवाहिक कार्यक्रममा नृत्यकै लागि करिब आठ करोड रुपैयाँ पारिश्रमिक बुझेका थिए ।राजधानि दैनिकमा खबर छ । भिनेत्री कैटरिना कैफले अभिनेता शाहरूख खानका साथ लन्डनमा भएको अग्रवाल परिवारको हाईप्रोफाइलको विवाहमा प्रस्तुति दिएकी थिइन् । कैफले पञ्जाबका पीडब्ल्यूडी मन्त्रीको सालोको विवाहमा नृत्य गरेकी थिइन् । उनी विवाहका कार्यक्रममा केही मिनेट नाच्नका लागि करिब ९० लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् ।बलिउडमा आफ्नो नृत्यका लागि लोकप्रिय अभिनेत्री मलाइका अरोडा निजी समारोहमा नृत्य प्रस्तुत गर्न २५ देखि ३५ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् । उनले पञ्जाबका पीडब्ल्यूडी मन्त्री देवरजीको विवाहका लागि चण्डीगढमा ‘मुन्नी बदनाम हुई’ र ‘छैया छैया’ बोलको गीतमा नाचेकी थिइन् ।

विवाहमा हटनेस र ग्ल्यामर रुचाउन चाहनेले मल्लिका शेरावतलाई नाच्नका लागि बोलाउने गर्दछन् । उनले जीवीके समूह जीवी कृष्णा रेड्डीको नातिनीको विवाहमा निकै महँगो पारिश्रमिकमा नृत्य गरेकी थिइन् ।बलिउडकी देशी गर्ल प्रियंका चोपडाले कैयौं निजी विवाह समारोहमा धमाल मच्चाएकी छन् । सन् २०१४ मा उनले व्यापारी गौरव शर्माको रिसेप्सनमा प्रस्तुति दिएकी थिइन् । उनले केही मिनेटको नृत्यका लागि ५० लाख पारिश्रमिक लिएकी थिइन् ।

हैदराबादमा भएको हाई प्रोफाइलको विवाहमा अभिनेता रणवीर सिंहले नाचेका थिए । यो विवाहमा शिल्पा शेठ्ठीजस्ता बलिउडका कैयौं कलाकार देखिएका थिए । रणवीर पनि निजी विवाहमा नाच्नका लागि करोडौं पारिश्रमिक बुझ्छन् ।फिल्म ‘दबंग’ अभिनेता सलमान खानलाई वैवाहिक कार्यक्रममा नाच्नका लागि अफर गर्नु चानचुने कुरा होइन । नयाँदिल्लीको एक निजी विवाहमा नाच्न सलमानले साढे तीन करोड पारिश्रमिक लिएका थिए ।अभिनेता अक्षय कुमार पनि महँगो पारिश्रमिक लिएर नृत्य गर्ने कलाकार पर्छन् । उनी एउटा विवाहमा नाचेको करिब अढाई करोड पारिश्रमिक लिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर