पशु चिकित्सा परिषद्को अध्यक्ष र सदस्यका लागि विज्ञापन खुल्यो — OSNepal

पशु चिकित्सा परिषद्को अध्यक्ष र सदस्यका लागि विज्ञापन खुल्यो

LC (KTM) December 27, 2021 0

काठमाडौं, १२ पुस -सरकारले नेपाल पशु चिकित्सा परिषद्को अध्यक्ष र सदस्यका लागि विज्ञापन आह्वान गरेको छ । खुला प्रतिस्पर्धाबाट अध्यक्ष र दुई जना सदस्य नियुक्त गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार दरखास्त आह्वान गरेको हो ।

अध्यक्षका लागि ‘क’ श्रेणीको पशु चिकित्सक हुनुपर्ने र उमेर ३५ वर्ष पुगेको हुनुपर्नेछ भने सदस्यका लागि ‘ख’ श्रेणीको पशु चिकित्सक र ३० वर्ष उमेर पुगेको हुनुपर्नेछ ।नेपाली नागरिक, फौजदारी अभियोगमा सजाय नपाएका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र मन्त्रालयको बोर्ड संस्थान डेक्समा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ- अमेरिकी डलरको मूल्य बढ्यो की घट्यो ? काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्री दर १२० रुपैयाँ ३४ पैसा कायम गरेको छ ।

युरोपियन यूरो आज एकको खरिद दर १३५ रुपैयाँ ५३ पैसा र बिक्री दर १३६ रुपैयाँ २१ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ३० पैसा र बिक्री दर १६१ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २४ पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९१ पैसा र बिक्री दर ८६ रुपैयाँ ९५ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९२ पैसा रहेको छ ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४६ पैसा र बिक्री दर १० रुपैयाँ ५२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८० पैसा र बिक्री दर १८ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ८९ पैसा र बिक्री दर ३२ रुपैयाँ ५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८८ पैसा र बिक्री दर ३३ रुपैयाँ ४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ९ पैसा र बिक्रि दर १० रुपैयाँ १४ पैसा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर