पोखरामा ‘नेपाल फेशननिस्टा २०२२’ — OSNepal

पोखरामा ‘नेपाल फेशननिस्टा २०२२’

LC (KTM) December 27, 2021 0

काठमाडौं, १२ पुस-एएसएपी इन्टरटेन्मेन्टले ‘नेपाल फेशननिस्टा २०२२’ आयोजना गर्ने भएको छ । १ माघ अर्थात् जनवरी १५ तारिखका दिन पोखरामा हुन लागेको फेशननिस्टामा नेपालका चर्चित मोडलहरुले सहभागिता जनाउने छन् ।

सेलिब्रेटी र मोडल विभिन्न फेसनका डिजाइन याम्पमा प्रस्तुत हुने हुने फेशननिस्टामा अभिनेत्री नीता ढुंगाना, मोडल तथा नृत्याङगना एन्जल श्रेष्ठ, सन्तोष अधिकारी, दीपक घिमिरे, दिक्पाल कार्की र्‍याम्पमा उत्रनेछन् ।

एएसपी इन्टरटेनमेन्टले यसअघि सन् २०१९ मा अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी फेशननिस्टा-२०१९’ आयोजना गरेको थियो । ‘नेपाल फेशननिस्टा २०२२’मा सुपी रसाइली, तेजमाया पुन, सम्झना गुरुङको ड्रेस डिजाइन, दिक्पाल कार्कीको कोरियोग्राफी र भिजे प्रियारानी लामाको होस्ट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर