OSNepal आइतबार, माघ ९ २०७८

डिएसपी चन्दले जनतासँग गरे यस्तो अपिल

डिएसपी चन्दले जनतासँग गरे यस्तो अपिल

  • OSNepal
  • सोमबार, पौस १२ २०७८


डिएसपी चन्दले जनतासँग गरे यस्तो अपिल
Reading Time: < 1 minute

जुम्ला, १२ पुस-हालै सरुवा भएर जुम्ला आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दले नागरिकको सहयोग बिना प्रहरी एक्लै सफल नहुने बताएका छन् । सञ्चारकर्मीसँगकाे अन्तर्क्रियामा डिएसपी चन्दले ‘नागरिक पनि बिना बर्दीका प्रहरी’भएकाले आवश्यक समन्वय र सहकार्यकै माध्यमबाट शान्ति सुरक्षा कायम गर्न सकिने बताएका हुन् ।

जिल्लाका २८ वटै प्रहरी युनिटकाे निरीक्षण गरेका उनले रणनीतिक कार्ययोजनाका साथ अघि बढिरहेकोे बताए ।डिएसपी चन्दले सामाजिक हिंसाविरुद्धमा सचेताना कार्यक्रम नै थालेका छन् । ‘सभ्य समाज निमार्णका लागि सबै एक जुट हुनुपर्छ । विद्यालयमा साइबर क्राइमसम्बन्धी सचेतना कार्यक्रम पनि भइरहेकाे छ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड