काठमाडौं । लोकप्रिय हाँस्यशृखला ‘हर्के हवल्दार’ का कलाकार सागर गिरी सडक दुर्घटनामा परेर घाइते भएका छन् । ‘हर्के हवल्दार’ मा अभिनयको अलवा प्रोडक्सन म्यानेजरको काम समेत गर्दै आएका गिरी सुटिङका लागि भक्तपुरबाट काठमाडौँ धर्मस्थली जाँदै गरेको अवस्थामा उनी उनी मोटरसाइकल दुर्घटनामा परेको निर्माण यूनिटले जनाएको छ ।
दुर्घटनालगतै गिरीको ठिमीको कोरियन अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ । स्रोतका अनुसार गिरीको दाईने खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको छ । गिरीको खुट्टामा स्टिल राख्नुपर्ने भएकोले सोमबार अपरेसन गर्ने तयारी गरिएको बताइएको छ । गिरीले थुप्रै सिरियल तथा केही फिल्ममा पनि अभिनय गरेका छन् ।