विदेश जानेहरुको लागि काठमाडौंका यी अस्पतलामा एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप पाउने — OSNepal

विदेश जानेहरुको लागि काठमाडौंका यी अस्पतलामा एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप पाउने

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जान लागेका नागरिकहरुको लागि चार वटा अस्पतालमा कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराएको छ ।

कोभिड(१९ विरुद्धको एक डोज मात्र लगाए पुग्ने अमेरिकन जोन्सन एण्ड जोन्सन खोप यी चार अस्पतालमा मन्त्रालयले उपलब्ध गराएको छ ।

वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज सशस्त्र प्रहरी अस्पताल, बलम्बु र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना विरुद्धको एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराइएको छ ।

खोप लगाउन जाँदा अनिवार्य रुपमा पासपोर्ट र भिसा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर