बलिउडमा चम्किँदै अदिती — OSNepal

बलिउडमा चम्किँदै अदिती

LC (KTM) December 27, 2021 0

काठमाडौँ नेपाली मेघा स्टारको उपमा पाएका लोकप्रिय नायक अनमोल केसीको फिल्म खेलेपछि नेपालमा अदिती बुढाथोकीको चर्चा सुरु भयो ।

झापाको दमकमा जन्मिएकी अदिती फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी हुन । उनले केही नेपाली र भारतीय म्यूजिक भिडियोमा काम गरेपछि उनलाई कृका निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमा डेब्यू गराएका हुन् ।

मुम्बइमा बसेर संघर्ष गरिरहेकी उनको ५ फिट ५ इन्च उचाइ भएकी यि सुन्दरी कम बोल्ने र सरल स्वभावकी छिन् । कृमा काम गरेपछि केही नेपाली र पन्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी अदितीको कभरेज भारतका चर्चित मिडियाहरुले पनि गरेका छन् । उनको हट फोटो सुट र अभिनयलाई तारिफ गर्दै भारतीय मिडियाले सामाग्रीहरु प्रकाशित गरिरहेका छन् ।

केही समय अघि ‘एबिपी न्युज’ अनलाइनले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा चल्यो । त्यसपछि अहिले भारतको चर्चित मिडिया टाइम्स अफ इण्डियाले पनि विशेष स्थान दिएर समाचार छापेको छ । टाइम्स अफ इण्डियाले अदितीको करिब ६० वटा तस्वीर पोष्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर