यस्ता थिए डायनोसरकालीन समुद्री राक्षस — OSNepal

यस्ता थिए डायनोसरकालीन समुद्री राक्षस

LC (KTM) December 27, 2021 0

न्युयोर्क, १२ पुस-डायनोसरकालीन समुद्रमा एक प्रकारको समुद्री राक्षस बस्दथ्यो । माछा आकारका घर्सेर हिड्ने सो समुद्री प्राणी साढे दुई करोड बर्षअघि ठूलो आकारमा बढेको र त्यसलाई समुद्री राक्षस भन्ने गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । सर्पजस्ता ती प्राणी चाँडो नै ठूला आकारमा बढेका थिए । छोटो समयमा नै अस्वाभाविक बढेका प्राणीलाई अनुसन्धानकर्ताहरुले साइमबोसपोन्डाइलस नाम दिएका छन् ।

ठूलो मुखाकृति र चिउँडो भएका ती राक्षस दुई करोड ४७ लाख वर्षअघि यो पृथ्वीमा अस्थित्वमा रहेको साइन्स जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ । साढे ६ फुट लामो खोपडी भएको सो राक्षस ५५ फिट लामो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

४५ टन तौल भएको सो प्राणी उत्तर अमेरिकी तटको पश्चिमी क्षेत्रको एउटा महासागरमा बस्ने गरेको हुन सक्ने अनुसन्धानकर्ताहरुको अनुमान छ ।अनुसन्धान टोलीका वैज्ञानिक तथा अमेरिकाको क्यालिफोर्नियास्थित स्किृप्स कलेजका सहप्राध्यापक लार्स स्मित्जले भने, ‘ती प्राणी ह्वेलभन्दा पनि ठूला भएको अन्मान छ ।’अध्ययन साइन्स म्यागेजिनमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर