प्रचण्ड नेपालसँग एक्लै चुनावी मैदानमा उत्रिन सक्ने आँट नभएकाले कांग्रेसको पुच्छर समाएर गठबन्धन जोगाउन लागिपरेका छन् — OSNepal

प्रचण्ड नेपालसँग एक्लै चुनावी मैदानमा उत्रिन सक्ने आँट नभएकाले कांग्रेसको पुच्छर समाएर गठबन्धन जोगाउन लागिपरेका छन्

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एक्लै चुनावमा गए पार्टी रहँदैन भन्ने डर माधव नेपाल र प्रचण्डलाई भएको बताएका छन् ।

सोमबार गुल्मीमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा एक्लै चुनाव जित्ने आत्मविश्वास नभएको बताएका हुन् ।

‘एक्लै चुनावमा गए पार्टी रहँदैन भन्ने प्रचण्ड नेपाललाई डर छ,’त्यसैले कांग्रेससँग जसरी पनि गठबन्धन गर्ने पक्षमा उनीहरू छन् । तर, कांग्रेसले कहिलेसम्म औँला समाउन दिन्छ त्यो हेर्न बाँकी छ ।’ कार्यक्रममा विष्टले भने ।

कार्यक्रममा उनले प्रचण्ड नेपालहरू कांग्रेससँग गठबन्धन गरेर आए पनि एमालेलाई हराउन नसक्ने दावी समेत गरेका छन् ।

एक्लै चुनावी मैदानमा उत्रिन नसक्ने आँट भएकाले प्रचण्ड नेपालले कांग्रेसको पुच्छर समाएर गठबन्धन जोगाउन लागिपरेको समेत उनले भनेका छन् ।

आफ्नो पार्टी चुनाव एक्ले लड्न सक्ने बताएका उनले भनेका छन्, ‘एमालेसँग एक्लै चुनाव लडेर जित्ने आत्मविश्वास छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर