जरयान र अभिनेत्री करिना कपुरका छोरा तैमुरको फेस मिल्न गएपछि फ्यानलाई भयो ठम्माउनै गार्हो — OSNepal

जरयान र अभिनेत्री करिना कपुरका छोरा तैमुरको फेस मिल्न गएपछि फ्यानलाई भयो ठम्माउनै गार्हो

LC (KTM) December 27, 2021 0

करीना कपुर खान तथा सैफ अली खानका छोरा तैमुर अली खानको पपुलारिटी कुनै स्टार किड भन्दा कम छैन । सामाजिक सञ्जालमा आएकै दिन देखी अहिले सम्म तैमुरको तस्बीर छाई नै रहेको छ । फोटो पत्रकारहरु तैमुरको हरेक कदममा नजर राखि रहेका हुन्छन् । तर अब इन्टरनेटमा तैमुरको फोटोकपी मिलेका छन् ।

सामाजिक सञ्जालमा तैमुर र उनी जस्तै देखिने अर्का बच्चाको तस्बीर भाइरल भइरहेको छ ।तैमुर जस्तै देखिने बच्चाको नाम हो जरयान थापर । सेलिब्रेटी फोटोग्राफर बिरल भयानीले इन्ष्टाग्राममा तैमुर अली खान तथा जरयान थापरको तस्बीर शेयर गरेका छन् । यी दुबै बीचको फोटो दुरुस्तै रहेको छ ।

तैमुर जति क्युट रहेका छन् जरयान पनि उत्तिकै क्युट देखिन्छन् । तैमुर जस्तै जारयान पनि पहिला देखी नै सामाजिक सञ्जालमा फेमश रहेका छन् ।उनी शीना थापर नामकी स्टाइलिस्टको छोरा रहेका छन् । तैमुरको जस्तै अनुहार मिल्ने यी बालकलाई फ्यानहरुले मन पराएका छन् । तर उनीहरुले तैमुर र जारयानको तुलना गरेको बिषयमा भने चित्त बुझाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर