इजरायली सेनाद्वारा बलिउड अभिनेत्री उर्वशी रौटेलालाई इजरायलमा सम्मान — OSNepal

इजरायली सेनाद्वारा बलिउड अभिनेत्री उर्वशी रौटेलालाई इजरायलमा सम्मान

LC (KTM) December 27, 2021 0

मुम्बई – बलिउड अभिनेत्री उर्वशी रौटेलालाई इजरायलमा सम्मान गरिएको छ । उनलाई ‘सिम्बोल अफ आर्मर’ नामको सम्मानद्धारा इजरायलको सेनाले सम्मान गरेको हो । यो सम्मान पाएसँगै उर्वशी इजरायलको सेनाबाट आर्मरको प्रतीकबाट सम्मान पाउने पहिलो भारतीय नागरिक बन्न सफल भएकी छन् ।

उर्वशीले फेसनका कार्यक्रममा पछिल्लो समय व्यस्त बनेकी छन् । उर्वशी केही समय पहिले सम्पन्न मिस युनिभर्समा निर्णायकको भूमिकामा थिइन् ।उनले जियो स्टुडियोको निर्माण रहने ‘इन्स्पेक्टर’मा रणदीप हुड्डासँग काम गर्दैछिन् भने त्योबाहेक उनी तमिल तथा तेलगु भाषाका फिल्ममा पनि देखिँदैछिन् । फिल्मबाहेक उर्वशी म्युजिक भिडियोमा पनि अभिनय गरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर