चर्चित भारतीय गायिका असीस कौर नेपाल आउँदै , आफ्नो धमकेदार प्रस्तुतीले दर्शकको मन जित्दै — OSNepal

चर्चित भारतीय गायिका असीस कौर नेपाल आउँदै , आफ्नो धमकेदार प्रस्तुतीले दर्शकको मन जित्दै

LC (KTM) December 27, 2021 0

राता लम्बिया बोलको गीत एकदमै चर्चामा रहेको छ । यस गीतलाई सुमधुर आवाज भरेकी छिन् चर्चित भारतीय गायिका असीस कौरले । धेरैले उनको गितलाई एकदमै मन पराए । सांगितिक क्षेत्रमा यहि एउटा गितले उनलाई लाखौ माझ चिनायो पनि । यहि गित गाउने गायिका असीस कौर नेपाल आउने भएकी छन् ।

गायिका कौर दरबारमार्गस्थित क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् । यही जनवरी ८ तारिकका दिन कन्सर्टको आयोजना गरिएको छ । उनले आफैले सामाजिक सञ्जाल मार्फत यस कुराको जानकारी दिएकी हुन् ।

नेपालको कन्सर्टका लागि आफू एकदमै उत्साहित रहेको समेत उनले उल्लेख गरेकी छन् ।फेलिज इन्टरनेसनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो । कौर ८ तारिकको कार्यक्रमका लागि ्एक दिनअघि नै नेपाल आउने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर