OSNepal बिहिबार, माघ १३ २०७८

आज वर्षा र हिमपातकाे सम्भावना, भाेलि देशभर पानी पर्ने

आज वर्षा र हिमपातकाे सम्भावना, भाेलि देशभर पानी पर्ने

  • OSNepal
  • मंगलबार, पौस १३ २०७८


आज वर्षा र हिमपातकाे सम्भावना, भाेलि देशभर पानी पर्ने
Reading Time: < 1 minute

काठमाडाैं, १३ पुस – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

बुधबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू(भागहरुका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

बिहीबार थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड