हालै मात्र प्रेमिका कट्रीनालाई बिहे गरेका अभिनेता बिक्की कौशलले करिनाकी छोरी सारालाई बाइकमा लिएर कुदे — OSNepal

हालै मात्र प्रेमिका कट्रीनालाई बिहे गरेका अभिनेता बिक्की कौशलले करिनाकी छोरी सारालाई बाइकमा लिएर कुदे

LC (KTM) December 28, 2021 0

बिक्की कौशल तथा सारा अली खान दुबै कलाकार अलग अलग कारण बाट यतिबेला चर्चामा रहेका छन् । बिक्की तथा कट्रीनाको बिबाहको चर्चा एकातिर रहेको छ भने अर्काे तिर सारा अलि खानको फिल्म अन्तरंगी रे पनि चर्चाको शिखरमै रहेको छ । तर यो खबर बाहेक यी दुबै कलाकार सडकमा एक साथ बाईकमा कुदिरहेको देखिएको छ ।

दुबै जना संगै बसेर कुदेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । बिक्कि बिबाहको केही दिन पछि नै आफ्नो काममा फर्किसकेका छन् । रिर्पाेटका अनुसार बिक्की यस दौरानमा थिए जहा उनी आफ्नो आउँदो फिल्मको शुटिंग गरिरहेका थिए । अब यसक्रममा उनले आफ्नो बाइकको पछि सारालाई राखेर कुदिरहेको फोटो यतिबेला भाइरल भइरहेको छ । तस्बिरमा बिक्की एक्वा ब्लु टीशर्ट, हाफ ज्याकेट तथा हेलमेट लगाएर बाइक चलाईरहेको देख्न सकिन्छ ।

उनको पछाडी रहेकी सारा भने पहेलो फ्लोरल प्रिन्ट सारी तथा ओलिव ग्रीन स्वेटर लगाएर बिक्कीको काँधमा हात राखेर बसेको देख्न सकिन्छ । फोटो त बाहिर आएको छ तर यो कुन फिल्मको हो भनेर स्पष्ट रहेको छैन । केहि समय पहिला यी दुबै कलाकार फिल्म खेल्दैछन् भन्ने कुरा बाहिर आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर