अफगानी महिलाले ७२ किलोमिटर भन्दा पर यात्रा गर्दा पुरुष नातेदारसँगै चाहिने — OSNepal

अफगानी महिलाले ७२ किलोमिटर भन्दा पर यात्रा गर्दा पुरुष नातेदारसँगै चाहिने

LC (KTM) December 28, 2021 0

काठमाडौं, १२ पुस । अफगानिस्तानमा मध्यम र लामो दूरीको यात्रा गर्न महिलाले अब एक्लै यात्रा गर्न नपाउने भएका छन् ।

अफगानिस्तानमा कब्जा जमाएको तालिबानले अब यात्रा गर्नका लागि पुरुष नातेदारको उपस्थितिलाई अनिवार्य गरेको छ ।

छोटो दूरीका यात्राका लागि भने यो नियम लागू हुने छैन । तालिबानका अधिकारीहरुले लामो यात्राका क्रममा पुरुष नातेदार नभए उनीहरुलाई यात्रा सुविधा नहुने जनाएको हो ।

तालिबानको ‘सदाचार फैलाउने र नराम्रो रोक्नेवाला’ मन्त्रालयले यसबारेमा जरुरी निर्देशन जारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता सादिक अकिफ मुहाजिरले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार अब ७२ किलोमिटर भन्दा टाँढा जाने महिलाले कुनै पुरुष नातेदा बिना यात्रा गर्न पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर