स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले किन राम्रो खेल खेल्न सकिरहेका छैनन् ? – OSNepal

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले किन राम्रो खेल खेल्न सकिरहेका छैनन् ?

Osnepal December 28, 2021 0

काठमाडौं, १३ पुस – बैकल्पिक खेलाडी इडिन्सन काभानीको गोलसँगै म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ । सोमबार राति भएको खेलमा भ्रमणकारी टोली युनाइटेड न्युक्यासलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडे को हो ।

खेलको सातौँ मिनेटमा एलान सेन्ट म्याक्सिमिनले गरेको गोलसँगै घरेलु टोली न्युक्यासलले अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुआतमै मैदान प्रवेश गरेका ३४ वर्षीय काभानीले ७१ मिनेटमा गरेको गोलसँगै युनाइटेडले हार टारेको हो ।

खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्टो भने गोलविहीन रहे । बराबरीसँग युनाइटेड पाँचौ स्थानमा उक्लने अवसर गुमाएको छ । १७ खेल खेलेको युनाइटेड २८ अंकसहित साँतौ स्थानमा छ । न्युक्यासल भने १९ खेलबाट ११ अंकसहित रेलिगेशन जोनमा छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर