आज गणेश र हुनमानको पूजा गर्ने दिन — OSNepal

आज गणेश र हुनमानको पूजा गर्ने दिन

LC (KTM) December 28, 2021 0

काठमाडाैं, १३ पुस – १३ पुस,२०७८, डिसेम्बर २८ तारिक मंगलबार । पौषकृष्णपक्ष नवमी, चित्रा नक्षत्र, शोभन योग, चन्द्रमा कन्या राशिमा छ । मंगलबारको दिन गणेश र हुनमानको पूजा गर्ने दिन हो ।

हरेक मंगलबारको दिन कुनै नयाँ काम गर्न पनि सकिन्छ । आजको देवता बृहस्पति र ग्रहदेव सूर्य रहेको छ । त्यसैले आज बिहानको सूर्यको दर्शन गरी दिनको कार्य शुरुवात गर्नुभयो भने दिन सफल हुनेछ । आज सूर्योदय बिहान६ः५५ र सूर्यास्त ५ बजेर १६ मिनेटमा हुनेछ ।

मंगलबारका दिन बिहान आफ्नो बसोबास भएको नजिकको कुनै गणेश मन्दिरको परिक्रमा गर्नुहोला । काठमाडौंको कमलादीस्थित गणेश मन्दिर र वसन्तपुरमा रहेको मरु गणेश मन्दिरमा दर्शनार्थी दर्शनका लागि जाने गर्दछन् ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : हरेक मंगलबारका दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । व्यापारबाट पनि लाभ मिल्नेछ । दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद नगर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ । अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा बढी यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शरुवात गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन निकै शुभ रहेको छ । ब्यापारमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाईको गर्ने काममा सफलता मिल्नेछ । आज नयाँ काम गर्न सक्नुहुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईँले आज आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईँप्रति विरोध गर्नेले सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । मौन रहनु र गणेश मन्दिरके दर्शन गर्नुभयो भने मनमा खुसियाली छाउने छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन मौन रहनु हित हुनेछ । घर परिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान मिल्न सक्छ । चन्द्रमाको साथ रहेको छ । त्यसैले व्यबसायमा सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । बाल र बृद्ध व्यक्तिलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । केही दान गर्नुभयो भने तपाईँको लागि फाइदा हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला । यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुनेछैन ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन ब्यापारबाट लाभ हुने देखिन्छ । मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ । आजको दिन सोचेअनुसार काम हुनेछ । अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ । ब्यापारमा सफलता मिल्नेछ । तपाईँलाई परेका अप्ठाराका समाधानका बाटा खुल्दै जानेछ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ । हरेक साता मंगलबार गणेशमन्दिरमा दर्शन गर्नाले ग्रहदोष कम हुँदै जानेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : व्यापारमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । त्यसैले आजको दिन विवाद नगरी नियमित कामबाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु बेस हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मंगलबार आजको दिन विहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर