चलचित्र '८३' ले सोचे जस्तो ब्यापार गर्न नसकेपछि तनाबमा रणबीर — OSNepal

चलचित्र ‘८३’ ले सोचे जस्तो ब्यापार गर्न नसकेपछि तनाबमा रणबीर

LC (KTM) December 28, 2021 0

बलिउड एक्टर रणबीर सिंहको फिल्म ८३ लामो समय देखी रिलीजको प्रतिक्षा गरिएको थियो । फिल्मलाई लिएर एकदमै धेरै क्रेज देखिएको थियो साथै ब्यक्तिको भावना यस फिल्मका लागि जोडिएको थियो । कोरोनाका कारण पहिला नै रिलीज हुनुपर्ने तर ढिलो गरि भएको थियो । यसपछि जब फिल्म रिलीज भयो यसले बक्स अफिसमा हलिउड तथा साउथ फिल्म संग प्रतिष्पर्धा गर्नु परेको थियो ।

त्यतिमात्र हैन यस फिल्मलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले पनि नकरात्मक भुमिका खेलेको छ । त्यसैले यस फिल्मले बक्स अफिसमा सोचे अनुसार काम गर्न नसकेको बताइएको छ । तरुण आदर्शले रणबीर सिंहको फिल्मको तेस्रो दिनका बक्स अफिस कलेक्सनको आँकडा शेय गरेका छन् । ट्रेड एनालिस्ट तरुण आदर्शका अनुसार रणबीर सिंहको यस फिल्मको चर्चा सबैतिर बाट हुने गरेको छ ।

तर बक्स अफिसमा भने राम्रो कमाल गर्न सकेन । एक्टरले ट्विट गर्दै भनेका छन्–८३ फिल्मले निराश बनाएको छ । मेट्रोको बाहिर फिल्मले थोरै ग्रोथ हाँसिल त गरेको छ तर यो फिल्मको खर्च भरपाई गर्नको लागि पनि पर्याप्त छैन । दोस्रो र तेस्रो दिनको कमाईमा उछाल आउनुपर्ने थियो तर त्यो देख्न पाइएन । तरुणले फिल्मको कमाईको ताजा तथ्याँक पेश गरेका छन् ।

उनले भने–फिल्म ८३ को एकदमै मन्द कमाईका कारण सबै जना आश्चर्यमा परेका छन् । फिल्म एकदमै ठुलो ब्राण्डको रहेको र आशा पनि यस फिल्म बाट निक्कै गरिएको थियो । साथै यो फिल्म ३७४१ स्क्रीन्समा रिलीज भएको थियो यसकारण फिल्मले राम्रो कमाई गर्नुपर्ने थियो । फिल्मले शुक्रबार १२ करोड ६४ लाख कमाएको थियो ।

शनिबार यो फिल्मले १६ करोड ९५ लाख कमाएको थियो भने आइतबार १७ करोड ४१ लाख कमाई गरेको थियो । यस फिल्मले ३ दिनमा ४७ करोड मात्र कमाएको छ । यहि फिल्म सिंगै रिलिज भएको साउथ फिल्म पुष्पा र हलिउड फिल्म स्पाइडर म्यानको सिरिजले बक्स अफिसमा धमाल नै मच्चाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर