४३५ ट्याबलेट प्रतिबन्धित लागूऔषध सहित कैलालीका युवक नेपालगन्जमा पक्राउ — OSNepal

४३५ ट्याबलेट प्रतिबन्धित लागूऔषध सहित कैलालीका युवक नेपालगन्जमा पक्राउ

LC (KTM) December 28, 2021 0

बाँके । बाँकेको नेपालगन्जमा रहेको भारत नेपाल सिमानाका जमुनाहबाट ३६ फाइल लागूऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहको प्रहरी टोलीले कैलालीको लम्किचुवा नगरपालिका वडा नंवर ४ बस्ने २४ वर्षिय कर्ण बोगटीलाई लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा विभिन्न प्रकारका प्रतिबन्धित औषधिहरु सहित पक्राउ गरेको छ ।

नेपालमा लागूऔषधको रुपमा प्रयोग गरिने विभिन्न प्रकारका प्रतिबन्धित औषधी १४ फाइल(२१५ ट्याबलेट) फेनिरामाइन एभिल, २१ फाइल(२१० ट्याबलेट) ट्रामाडोल, १ फाइल्(१० ट्याबलेट) नाइट्राभेट लागूऔषध बोगटीबाट बारामद भएको प्रहरीले बताएको छ ।

प्रहरीले जम्मा ३६ फाइल (४३५ ट्याबलेट) बिभिन्न प्रकारका प्रतिबन्धित लागूऔषध सहित् बोगटीलाई पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर