आपसी सहमतिमा डिभोर्स गरे पनि यस्तो अबस्थामा फेला परे सामन्था र नागा, तस्विर भाइरल — OSNepal

आपसी सहमतिमा डिभोर्स गरे पनि यस्तो अबस्थामा फेला परे सामन्था र नागा, तस्विर भाइरल

LC (KTM) December 28, 2021 0

एजेन्सी – दक्षिण भारतमा अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यको जोडीले डिभोर्स गरिसकेका छन् । उनीहरुले आपसी सहमतिमा डिभोर्स गरे पनि त्यसको प्रक्रिया अहिले चलिरहेको छ । उनीहरुले आफूहरू अलग भए पनि राम्रो साथी रहिरहने उद्घोष गरिसकेका छन् । तर वास्तविकतामा यस्तो देखिएको छैन ।

हालैमात्र यी अलग्गिएका जोडी एकै स्थानमा भइरहेको सुटिङमा देखिए । तर उनीहरूले एकअर्कालाई दुरी बनाए । दुवै आआफ्नो काम गरे त्यहाँबाट फर्किए । उनीहरूले एकअर्कालाई देखे पनि बोलचाल गरेनन् ।

उनीहरू गत साता आआफ्नो फिल्मको सुटिङका लागि हैदराबादको रमनायडु स्टुडियोमा गएका थिए । समान्था त्यहाँ फिल्म ‘यशोदा’को सुटिङ गरिरहेकी थिइन् भने नागा ‘बंगरराजु’को सुटिङ गरिरहेका थिए । यो फिल्ममा नागा पितासँग काम गरिरहेका छन् ।

उनीहरूले आफ्नो टिमलाई दुवैबीच टकरावको वातावरण नबनाउन बेलैमा सचेत गराइसकेका थिए । दुवैले एकअर्कालाई अवरोध नपुग्ने गरी सुटिङ पुरा गरे र त्यहाँबाट फर्किए । दुवैजना अलग्गिएपछि उनीहरु व्यावसायिक जीवनमा ध्यान केन्द्रीत गरिरहेका छन् ।

गत अक्टोबर २ मा उनीहरूले सम्बन्धविच्छेदको घोषणा गरेका थिए । यो निर्णयपछि नागाका साउथ सुपरस्टार पिता नागार्जुन निकै दुःखी बनेका थिए ।

समान्था र नागा तीन वर्षको प्रेम सम्बन्धपछि सन् २०१७ मा वैवाहिक जीवनमा बाँधिएका थिए । विवाहको चौथो वार्षिकोत्सव आउनु चार दिन अघि उनीहरु सदाका लागि अलग्गिए । समान्थाले आफ्नो सरनेम अक्किनेनी हटाइन् र रुथ प्रभु जोडिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर