नेपाली नाम र पहिचान दिएका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा पौष २७ गते सार्वजनिक बिदा दिनुपर्छ — OSNepal

नेपाली नाम र पहिचान दिएका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा पौष २७ गते सार्वजनिक बिदा दिनुपर्छ

LC (KTM) December 28, 2021 0

काठमाडों १३ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष नेथता कमल थापाले पौष २७ गते राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक विदा दिनुपर्ने बताएका छन् ।

नेता थापाले सामाजिक सञ्जाल मार्फत सरकार सँग यस्तो आग्रह गरेका हुन् ।

थापाले राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको सम्मान गर्नु राज्यको कर्तव्य भएकाले पौष २७गते राष्ट्रिय पर्वको रुपमा मनाउन,सार्वजनिक बिदा दिन आग्रह गरेका हुन् ।

उनले भनेका छन् , ‘राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिनुभयो।उहाँको योगदान कुनै संस्थारप्रणालीसँग सम्बन्धित छैन।’

उनले भनेका छन्, ‘राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिनुभयो।उहाँको योगदान कुनै संस्थारप्रणालीसँग सम्बन्धित छैन।राष्ट्रनिर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो।राष्ट्रनिर्माताको सम्मानमा पौष २७गते राष्ट्रिय पर्वको रुपमा मनाउन,सार्वजनिक बिदा दिन आग्रह गर्दछु ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर