प्रचण्डको प्रतिवेदनले माओवादीका अबोध कार्यकर्ताहरु केही वर्ष अरु झुक्किने भए : भट्टराई — OSNepal

प्रचण्डको प्रतिवेदनले माओवादीका अबोध कार्यकर्ताहरु केही वर्ष अरु झुक्किने भए : भट्टराई

LC (KTM) December 28, 2021 0

काठमाडौं १३ पौष । जनता समाजवादी पार्टी जसपाका संघयि परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रस्तुत् गरेका वैचारिक राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गरेका छन् ।

प्रचण्डको प्रतिवेदनले माओवादीका अबोध कार्यकर्ताहरु केही वर्ष अरु झुक्किने पनि बताएका नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।

माओवादी केन्द्रको महाधिवेसनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लागेको बताएका छन् ।

उनले भनेका छन् , माओवादी केन्द्रको महाधिवेसनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो।फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्नेभो ! अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए !शुभकामना !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर