छोरा रणवीर कपुरको बिहे हेर्ने अधुरो नै रह्यो दिवंगत बाबु ऋषि कपुरको सपना — OSNepal

छोरा रणवीर कपुरको बिहे हेर्ने अधुरो नै रह्यो दिवंगत बाबु ऋषि कपुरको सपना

LC (KTM) December 28, 2021 0

काठमाडौं । चार वर्षदेखि प्रेमसम्बन्धमा रहेका बलिउड स्टार रणवीर कपुर र आलिया भट्टले बिहे गर्न लागेको चर्चा चलेको छ ।बिहेको तयारीका लागि उनीहरूले बाँकी रहेका केही काम सिध्याउँदै गएको र केही भने २०२२ मा सारेको बताइएको छ ।

उनीहरूले दुई वर्षअघि नै बिहे गर्ने योजना बनाएका थिए । कोरोना महामारीका कारण उनीहरूको बिहेपछि धकेलिएको हो । रणवीरका बाबु दिवंगत अभिनेता ऋषि कपुर पनि छोराको बिहे हेर्न चाहन्थे । तर, परिस्थित सहज नभएकाले उनीहरूको बिहे हुन सकेन । अब भने उनीहरूले बिहे गर्ने तयारी गरिसकेको मिडियाहरूको दाबी छ । तर, यसबारेमा आलिया र रणवीरले भने आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

कैटरिना कैफसँग ब्रेकअप भएपछि विक्षिप्त भएका रणवीर आलियासँग प्रेममा परे । आलिया भने रणवीरकी आमा नितु कपुरसँग पनि निकै निकट छिन् । उनी रणवीरको घर आउजाउ गरिरहन्छिन् । नीता पनि रणवीरको आलियासँग बिहे होस् भन्ने चाहन्छिन् । गत वर्षको एउटा अन्तर्वार्तामा रणवीरले कोरोना महामारी नभइदिएको भए आफू र आलियाको बिहे भइसकेको हुने थियो भनेका थिए ।

रणवीरका हजुर बुबा रणधीर कपुरले भने रणवीर र आलियाको बिहेको बारेमा आफूलाई केही पनि थाहा नभएको दाबी गरेका छन् । उनले हालै दिएको एउटा अन्तर्वार्तामा रणवीरले एक न एक दिन चाहिँ बिहे गर्ने, तर कहिले गर्छन्, त्यो आफूलाई थाहा नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर