पशुलाई खोरेत रोग विरुद्धको खोप लगाउन सुरु — OSNepal

पशुलाई खोरेत रोग विरुद्धको खोप लगाउन सुरु

LC (KTM) December 28, 2021 0

जलेश्वर, १३ पुस -भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रले यहाँका पशुलाई खोरेत रोगविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । एक लाख २० हजार पशुलाई खोप लगाइने सेवा केन्द्रका प्रमुख डा सञ्जीवकुमार ठाकुरले जानकारी दिनुभयो । जलेश्वर, बलवा, मनरासिस्वा, भङ्गाहा नगरपालिका तथा महोत्तरी गाउँपालिका क्षेत्रमा करिब २०० पशुमा खोरेत रोग देखिएको थियो । सो रोगलाई नियन्त्रण गर्न तथा अन्य पशुमा सर्नबाट रोक्नका लागि आजदेखि खोप लगाउन सुरु भएको उहाँले बताउनुभयो ।

खोप सञ्चालनका लागि कार्यालयले ४३ करारका कर्मचारी खटाइएको छ । यसअघि सो कार्यलयले १२ हजार पशुलाई सो रोग विरुद्धको खोप पनि लगाइसकेको कार्यालय प्रमुख डा ठाकुरले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर