सबाधान धेरै टिभी हेर्ने बानी छ ! टिभी धेरै हेर्दा देखिन्छन् यस्ता डरलाग्दा समस्या — OSNepal

सबाधान धेरै टिभी हेर्ने बानी छ ! टिभी धेरै हेर्दा देखिन्छन् यस्ता डरलाग्दा समस्या

LC (KTM) December 28, 2021 0

प्राय बच्चा देखि वृद सम्मका मानिसहरुलाई टिभी हेर्ने सोख हुने गर्दछ । धेरै मानिससहरुले टिभी लामो समय सम्म हेर्ने गर्दछन् । के तपाइले पनि घन्टौ लागेर टि भी हेर्नुभएको त छैन् । यदि त्यस्तो छ भने अब सावधान हुनुहोस् दैनिक चार घन्टाभन्दा बढी समय टिभी हेर्नु स्वास्थ्यका लागि घातक हुने देखिएको छ । बेलायतको ग्यास्गो विश्वविद्यालयले तीन लाखभन्दा बढी मानिसमा गरेको अध्ययन अनुसार यस्तो नतिजा आएको हो ।

अनुसन्धानकर्ताहरूले टिभी हेर्ने आदत भएका मानिसको दुई समूह बनाएका थिए । पहिलो समूहमा चार घन्टाभन्दा बढी हेर्ने थिए भने दोस्रोमा त्योभन्दा कम । जसअनुसार कम टिभी हेर्नेहरू स्वस्थ जीवन जिउनेको सूचीमा परे । यी मानिसको टिभी हेर्ने समय दुई घन्टा दुई मिनेटको थियो ।

योभन्दा अलि बढी टिभी हेर्नेहरूको स्वास्थ्य अवस्था केही खराब भेटियो । वैज्ञानिकहरूले दैनिक चार घन्टाभन्दा बढी टिभी हेर्ने मानिसको पनि परीक्षण गरे । लामो समयसम्म टिभीको सामुन्ने बस्नेहरूको मानसिक स्वास्थ्य खराब पाइयो । यस्ता लत भएका मानिसमा हृदयरोगको खतरा देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर