आफ्नो पारिश्रमिक नदिने निर्माता निर्देशकलाई यस्तो चुनौती दिइन् नायिका परमिताले — OSNepal

आफ्नो पारिश्रमिक नदिने निर्माता निर्देशकलाई यस्तो चुनौती दिइन् नायिका परमिताले

LC (KTM) December 28, 2021 0

काठमाडौं । पछिल्ला दिनमा कोरोनाका कारण चलचित्र क्षेत्र राम्रोसँग उठ्न सकिरहेको छैन । काम भइरहेका फिल्महरुले पनि कलाकारलाई पारिश्रमिक नदिएका गुनासोहरु चर्को रुपमा सुनिँदै आएका छन् । केही दिन अघि मात्रै चलचित्र ‘चपली हाइट ३’ का कलाकार अमिर गौतमले ३ – ३ दिन जाडो समयमा पानीमा भिजेर सुटिगं गरेर बिरामी पर्दा समेत पारिश्रमिक नपाएको गुनासो सामाजिक संजालमा नै पोक्न भ्याए ।

अमिर त बोल्न सक्ने एक आँटी र साहासी पात्र हुन् । यहाँ मुख खोल्न नसक्नेहरु धेरै छन् । जसले लिनुपर्ने पारिश्रमिक खप्ट्याएर अर्को फिल्ममा काम गर्दा पनि बोल्ने हिम्मत गर्न सकेका छैनन् । यसैबिच अभिनेत्री परमिता आरएल राणा पनि आफ्नो मेहनतको पारिश्रमिक नपाएर आजित भएको भन्दै सामाजिक संजालमा नै दुखेको पोखेकी छिनु् ।

अभिनेत्री परमिताले अबदेखि समयमा भुक्तानी नगर्ने व्यक्तिको नाम सार्वजनिक गर्ने चेतावनी दिँदै भनेकी छिन् ‘नाम सार्वजनिक गर्नु दुःखको कुरा हो तर अब यही एउटा विकल्प छ । जो व्यक्ति नेपालमा मोडलिङ र अभिनय गर्न चाहन्छन्, कृपया यसका लागि मानसिक रुपमा तयार हुनुहोला । एक पटक मलाई एक फिल्मको पूरा पारिश्रमिक पाउन एक वर्ष लागेको थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर