हरेक बिहान कागती पानी खानुका यस्ता छन फाइदा — OSNepal

हरेक बिहान कागती पानी खानुका यस्ता छन फाइदा

LC (KTM) December 28, 2021 0

एजेन्सी । कागती भिटामिन सी, पोटासियम तथा फाइबर लगायतका पौष्टिक तत्वहरुको भण्डार हो । यो मानव स्वास्थ्यका लागि निकै लाभदायी छ । कागतीलाई विभिन्न स्वरुप र प्रकारमा खाइन्छ ।

चाहे पानीमा हालेर होस् वा चियामा, अनि तरकारी वा खानामा र अचार बनाएर । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पुर्याउँछ । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ ।

कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।कागती पानीले पाचनमा सहयोग पुग्छ ।रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ ।एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर